• ट्रेण्डिङ :

१० नेपालीले पाए अमेरिकामा अवार्ड

१० नेपालीले पाए अमेरिकामा अवार्ड

cnewsnepal

बिहिबार, असोज ७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


अमेरिका – अमेरिकामा एक कार्यक्रममा १० नेपालीले बिभिन्न १५ विधामा अवार्ड हासिल गरेका छन् । अमेरिकाको लसभेगसमा आयोजित एक कार्यक्रममा करिव ५ हजार वीमा अभिकर्ताहरुका बिच बिभिन्न फरक बिधामा १० नेपालीले अवार्ड पाएका हुन् ।

बिमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फिनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्ड प्रदान गरिएको थियो । बिमाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाले अवार्ड प्रदान गरेको हो । अवार्ड प्राप्त गर्नेमा बिभिन्न राज्यबाट रहेका छन् ।

नेपाली समुदायबाट अवार्ड पाउनेमा गगन केसि, गुञ्जन भण्डारी, ओम आचार्य, अनुभव गिरी, मनोज तुलाधर, सुरेश प्रधान, डोवा ढकाल, टिका आग्दाम्वे, कर्ण बोगटी र प्रकाश निरौला रहेका छन् । करिब २० विधामा १५० बढीले अवार्ड पाएका छन् ।

अमेरिकामा नेपाली समुदायले कसैको मृत्यु हुँदा समेतमा गो फण्ड खोल्नु भन्दा सानो तिनो प्रिमियम तिरेर आफनो र परिवारका लागि सहज वनाउन उत्तम हुने र सोहि कुराको हाम्रो समुदायमा बुझाउन सकिएकाले अवार्ड प्राप्त गर्न सफल भएको अवार्ड पाउने मध्येका एक गगन केसीको भनाइ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार