• ट्रेण्डिङ :

नेपाली काँग्रेसकाे काठमाडौं जिल्ला महानगर,नगर समितिहरूको अधिबेशन पुर्व निर्धारित मितिमा नहुने

नेपाली काँग्रेसकाे काठमाडौं जिल्ला महानगर,नगर समितिहरूको अधिबेशन पुर्व निर्धारित मितिमा नहुने

cnewsnepal

शुक्रबार, असोज ८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


८ असाेज,काठमाडौं ।नेपाली काँग्रेसकाे काठमाडौं जिल्ला अन्तर्गत महानगर समिति /नगर समितिहरूको अधिबेशन पुर्व निर्धारित मितिमा नहुने भएकाे छ ।

नेपाली कॅाग्रेस केन्द्रिय निर्बाचन समितिको पुर्ब निर्धारित मिति २०७८ साल असोज ९ गते हुने कार्य तालिका अनुसारको मितिमा नहुने भएकाे हाे ।नेपाली काँग्रेसका युवा नेता राजेन्द्र विक्रम बानियाँका अनुसार सुचना टास गरि काठमाण्डौ जिल्लाको महानगर समिति /नगर समितिहरूको अधिबेशन असोज १६ गते शनिबारका दिन हुने बताए ।

जिल्ला निर्बाचन अधिकृत बरिष्ठ अधिबक्ता नरहरि आचार्यको हस्ताक्षेरित सुचना टास गरि १६ गतेलाई सारिएको छ बानियाँले भने ।सुचनामा भनिएकाे छ,काठमाडौ जिल्ला निर्वाचन समितिले १३८ वडा समिति काे वडा अधिवेशन असाेज ५ गते सम्पन्न गरि निर्वाचन प्रतिवेदन आउन वाकी रहेकाे र १/२ स्थानमा पुन निर्वाचन गर्नु परेकाेले ताेकिएकाे नगर अधिवेशनका लागि मतदाता नामावली तयार नभएकाेले अधिवेशन सम्पन्न गर्न कठिनाइ भएकाले महानगर समिति /नगर समितिहरूको अधिबेशन असोज १६ गते शनिबारका दिन हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार