काठमाडौं– नेपाली कांग्रेसको चन्द्रागिरि नगरपालिकाको सभापतिमा घनश्याम गिरी चयन भएका छन्।
शनिबार सम्पन्न नगर अधिवेशनबाट गिरि सर्वसम्मत सभापतिमा चयन भएका हुन्। चन्द्रागिरि नगरपालिकाका मेयर गिरी संस्थापनइतर समूहका हुन्।
नगरको उपसभापतिमा राजेन्द्र विक्रम बानियाँ र इन्द्रावती श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी सचिवमा राजेन्द्र महर्जन र नविन महर्जन चयन भए भने सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ तथा कोषाध्यक्षमा भिम कुमारी खत्री (बिनु) र सहकाेषाध्यक्षमा मञ्जयप्रकाश श्रेष्ठ चयन भएका छन्। नगरले सम्पूर्ण पदाधिकारी सहमतिमा चयन गरेको हो।
प्रतिक्रिया
सम्बन्धित समाचार