• ट्रेण्डिङ :

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिईन राजिनामा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिईन राजिनामा

cnewsnepal

बुधबार, कार्तिक १० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिइकनै राजीनामा दिएकी छन् ।

प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावमा मतविभाजन हुनुअघि नै उनले आज राजीनामा दिएकी हुन् ।

प्रदेश सभालाई विशेष सम्बाेधन गर्दै यहि संसदबाट  मार्गप्रशस्त गर्दै  राजिनामा दिएकाे सासद केशव पाेखरेलले बताए ।

विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छो। अब पाण्डे नै मुख्यमन्त्री हुने सम्भावना बलियो छ एक नेताले सिन्युज नेपाललाई बताए ।

एमाले उपाध्यक्षसमेत रहेकी शाक्य गत भदौ २ मा एमालेबाट मुख्यमन्त्री बनेकी थिइन्।

मुख्यमन्त्री बनेलगत्तैदेखि नै शाक्य अल्पमतमा परेकी थिइन्। उनी नेकपा एमाले प्रदेश संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बने पनि उनको दल विभाजन भएकाले विश्वासको मत लिनुपर्ने थियो।

यहाँ विपक्षी गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रबाट २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा (एकीकृत समाजवादी)का १३ र जसपाको एक सांसद छन्।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार