• ट्रेण्डिङ :

चन्द्रागिरिमा बाल उद्यान खैई ?

चन्द्रागिरिमा बाल उद्यान खैई ?

cnewsnepal

शुक्रबार, कार्तिक १२ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट


राेसन दानी, १२ कात्तिक काठमाडौं । चन्द्रागिरि नगरपालिका पछिल्लो समय आन्तरिक तथा वाह्र पर्यटकका लागि आकर्षक पर्यटकिय गन्तव्यकाे रूपमा विकसित हुँदै गईरहेकाे छ ।

राजधानीकाे काेलाहालबाट छुटकारा लिनेका लागि र शान्त बाताबरणमा रमनका लागि चन्द्रागिरि नजिकैकाे महत्त्वपूर्ण राेजाईकाे स्थल मध्य पहिलाे हुने गरेकाे छ ।

दिन प्रति दिन शहरीकरणकाे मध्य विन्दुमा रहेकाे नगरपालिका व्यवस्थित रूपमा बस्ती विकास हुन नसक्दा दिन प्रतिदिन नगरकाे साैन्दर्य हराउदै गएकाे हाे कि भन्ने आवास हुनु स्वभाविकै हाे । चन्द्रागिरि नगरपालिका बागमती प्रदेशकै ठुलाे नगरपालिका र राजधानी प्रवेस गर्ने मुख्य नाका भएकै कारण सवैकाे नजर पर्ने नगर चन्द्रागिरिनै हाे ।

राजनितिक परिवर्तन संगै साविक गाउँ विकास समितिबाट रूपान्तत्रित नगरपालिका बिकासले गति लिए संगै भाैतिकपुर्वाधारहरूकाे पनि विकास नभएकाे भने हाेईनन् । शिक्षा, स्वास्थ,यातायात र पर्यटकीय गन्तव्य पहिचान तथा याेजनाहरूले नगरमा प्राथमिकता पनि पाउदै आएका छन् । सवै राजनीतिक दलहरूले विकास र समृद्धिलाई मुख्य चुनावी एजेन्डा र नारा बनाउदै आए । स्थानीय सरकार पनि गठन भएकाे करिव ४ बर्ष वितिसकेकाे छ । 

हामीले भन्दै आएकाे र सुन्दै आएका कुरा बालवालिका भविष्यका कर्णदार हुन् । यहि भविष्यका कर्णदार र भावी पुस्ताका विषयमा भने स्थानीय सरकारले गम्भीर भएर आफ्नाे एजेन्डामा समावेश गर्न सकिरहेकाे छैन् । बालबालिकालाई अति आवश्यक र नैसर्गिक अधिकार मध्य शिक्षा,स्वास्थ्य खानपान र खेलकुद अति आवश्यक हाे । चन्द्रागिरिमा बालबालिका लागि मनाेरञ्जनका लागि नगर स्तरीय बाल उद्यानकाे परिकल्पना र याेजना बन्न नसक्नु दुख्दायी विषय हाे ।

२०७५ साल १२ महिना २१ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे बैठकले उधान विकास तथा व्यवस्थापन कार्यविधि २०७५ बनाएर कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयमा पत्र पठाएको थियाे ।

उद्यानमा बालबालिका खेल्ने क्षेत्र, पोखरी, चौतारी र जेष्ठ नागरिकहरूका लागि आराम गर्ने स्थल, शौचालय, कार्यालय भवनका साथै बगैँचा समेत रहनु पर्ने हुन्छ ।उद्यानमा चारैतिर सुन्दर पर्खाल, बीच भागमा पानीको फोहरा, लाइटिङ, आरामका लागि प्याराफिट निर्माण लगायतका संरचना बनाइनु पर्छ ।आकर्षक फूलहरुका बोट राेपिनु पर्छ । फोहोरमैला व्यवस्थापनका लागि डस्टविन ‘फोहरमलाई’, ड्यासिङ कार, डुङ्गा, रोटेपिङ, चर्का, ब्रेक डान्सलगायत मनोरञ्जन लिन सकिने आधुनिक साधनहरु राख्न सकिन्छ ।


बालबालिकाकालाई मनोरञ्जन र पर्यटन प्रवर्द्धन गर्न चन्द्रागिरिमा बाल उद्यान सञ्चालनमा आउन सके नमुन नगरपालिकामा एउटा ईट्टा थप्ने काम हुने थियाे ।

बाल उद्यान, मनोरम पार्क, साइकल पथ र पर्यटकीय स्थलसम्म जोडी नगरपालिकाभित्र पर्यटकलाई आकर्षण गर्ने लक्ष्य नगरकाे हुन जरुरी रहेकाे छ । चन्द्रागिरिमा समग्र बालबालिकाहरूकाे खेल्न पाउन र रम्न पाउन अधिकारकाे सुनिश्चित गर्न नगर प्रमुख घनश्याम गिरी र समग्र कार्यपालिकाका सदस्यहरूले यश तर्फ साेच्ने कि ? नगरपालिकामा आम नागरिक आम बालबालिका स्वस्थ भए भने मात्र बिकास र समृद्धले छाेएकाे महशुस हुनेनै छ । एक जना घरमा अस्वस्थ छ भने त्याे जस्तो पिडादायी केही हुदैन समाजमा ।

प्रतिक्रिया
सम्बन्धित समाचार