बहिर्गमित जनमुक्ती सेना नेपाललेका पुर्व लडाकुहरूलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच आकस्मिक भेटबार्ता सम्पन्न भएकाे छ ।
प्रचण्ड निवास खुमलटारमा भएकाे भेटबार्तामा जनयुद्धका बाकी मुद्दा र शान्ति प्रकृया सहज र सरल तवरले टुङ्याउने विषयमा छलफल भएकाे हाे । 
बहिर्गमित जनमुक्ति सेना नेपालले बिगत लामो समयदेखी उठाउदै आएको जायज १० बुदे मागहरु सम्बोधन गराउन र अधुरो शान्ती प्रक्रिया टुङ्ग्याउन सबै शिर्ष राजनितिक दलहरुलाई गम्भीर ध्यानाकर्षण गराउदै ससक्त रुपमा आन्दोलन लाई तार्किक निश्कर्षमा पुर्याउने विषयमा छलफल भएकाे बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा सुवासले बताए । उनलेे भने,” राज्य सँग पटक -पटक छलफल बार्ता द्वरा दुई पक्षबिच भएका सहमतिहरु कार्यवयन गराउन उहाँ तयार हुनु भएकाे छ ।”
थापाका अनुसार प्रचण्ड निवास खुमलटारमा अघिल्लो सरकार केपि ओलि नेतृत्वले गरेको निर्णय तत्कालीन सरकारको पराष्ट्र मन्त्री को नेतृत्व मा लोकतान्त्रिक योद्धा अभिलेखीकरण सम्मान समिती गठन गरि लोकतान्त्रिक योद्धा को सम्मान पत्र समेत २०७८ बैसाख १ गते लोकतान्त्रिक योद्धा को सम्मान पत्र बितरण गरेको थिए सो निर्णय को जगमा टेकि प्रधानमन्त्री स्वदेश फर्किए पछि ती कामहरुलाइ अगाडि बढाउने बारे आश्वासन दिएको बताए ।
१० बर्षे सशस्त्र द्वन्द्व प्रश्चात अनमिनकाे प्रमाणिकरणबाट ४००९ जनालाई अयोग्य सेना भनेर सिविरवाट कुनै पनि सेवा सुविधा नदिई घर पठाउने कार्य भएकाे थियाे ।