• ट्रेण्डिङ :

नेकपा (एस) को विदेश विभाग प्रमुखको जिम्मेवारी झलनाथ खनाललाई

नेकपा (एस) को विदेश विभाग प्रमुखको जिम्मेवारी झलनाथ खनाललाई

cnewsnepal

बिहिबार, कार्तिक १८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


Jhal Nath Khanal Photo: THT file

काठमाडौं । बुधबार बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ नेता झलनाथ खनाललाई सुम्पिएको छ ।

बैठकले विदेश विभाग प्रमुखसँगै विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु पनि चयन गरेको छ ।

विदेश विभागको प्रमुखमा खनाल तोकिँदा उपप्रमुखमा प्रमेश हमाल, सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर वाईपी संग्रौला र शंकर खतिवडा चयन भएका छन् ।

यसैगरी पार्टीले संगठन विभाग प्रमुखमा महासचिव बेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ । उपप्रमुखमा प्रकाश ज्वाला, सदस्यहरुमा अशोक कोइराला, कृष्ण खनाल, बलदेव चौधरी, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाहीलाई जिम्मेवारी तोकेको छ ।

शिक्षा र विपद व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी डा. गंगालाल तुलाधर र सहकारी विभाग प्रमुखको जिम्मेवारी गोविन्द कोइरालाले पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार