काठमाडौं – नेकपा (एमाले)को १०औँ महाधिवेशनको पछिल्लो समय निकै चर्चा छ । एमालेले १०औँ महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्दैछ । यस्तै एमालेले दशौं महाधिवेशनको प्रतीक चिन्ह पनि सार्वजनिक गरेको छ ।
लागोमा गैँडाले झण्डा उठाएको देखिएको छ । चितवनमा एकसिंगे गैँडा प्रख्यात छ । गैँडाले पार्टीको झन्डा बोकेको लोगो आकर्षक देखिन्छ ।
ई–सेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तीमा पनि एक सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्न्े प्रणाली बारे पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी गराए ।
त्यस्तै पार्टी खातामा चाहेको रकम अनलाइनमार्फत जम्मा गर्नका लागि क्यू आर कोड पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा एमालेका महासचिव पोखरेलले सहमतिका साथ सहमतिका साथ नेतृत्व चयन गर्ने बताए । देशभरका सबै स्थानीय अधिवेशन एकैसाथ सहमतिमा भएको भन्दै केन्द्रीय नेतृत्व चयन पनि सहमतिमै हुने उनले बताए । महाधिवेशनमा सहभागीका लागि तीन किसिमको प्रतिनिधि रहने व्यवस्था रहेको जानकारी दिदै पोखरेलले प्रतिनिधि छनोटका लागि शनिवार मुलुकभर एकैपटक निर्वाचन हुने बताए । उनले राष्ट्रिय राजनीतिलाई सहि दिशा दिनका लागि पनि एमालेको महाधिवेशन महत्वपूर्ण हुने धारणा पनि राखे ।
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको प्रतिनिधिको व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले महाधिवेशन पूर्णत डिजिटल हुने जानकारी दिए । एमालेले सहमतिका साथ प्रतिनिधि चयनका लागि पनि आह्वान गरेको छ । महाधिवेशन अघि मंसिर ७ गते मुलुक भर मोटरसाईकल र्याली गरिने भट्टराईले बताए।