काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले अब ‘एक व्यक्ति, एक पद’ अवधारणलाई लागू गर्ने भएको छ ।
शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधन गर्दै सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णले माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात/सात पदाधिकारी रहने व्यवस्था गरेको छ । वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने व्यवस्था गरिएको छ ।
बैठकले सेल कमिटीमा भने सचिवमात्र राख्ने व्यवस्था गरेको छ । बैठकले जिम्मेवारी बाँडफाँट र जिम्मेवारी प्रदान गरेकाहरुलाई प्रभावकारी बनाउन ‘एक व्यक्ति एक पद’ को अवधारणा लागू गरेको बताइएको छ ।