पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्लामा जिल्लाका सभापति मल्लले अधिवेशन बहिस्कार गरेपनि भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन भइसकेको छ । मल्ल समुहले क्रियाशिल सदस्यता विवाद सकाएर पुन पालिका र वडा अधिवेशन गर्न माग गर्दै आएको छ ।
केन्द्रीय निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता दिएर प्रक्रिया अगाडी बढाइसकेको छ । मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय र मंसिर ६ गते जिल्ला अधिवेशनको मिति तोकेको छ ।
मल्लको टोलीले आफ्नो मागको निर्वाचन समितिले सुनुवाई नगरेको भन्दै आज बाट सानेपामा रिले अनुसन सुरु गरेको जनाएको छ ।