• ट्रेण्डिङ :

राष्ट्रिय जनमाेर्चाले सातै प्रदेशमा सम्मेलन गर्ने, अब प्रदेश समिति ‘कार्यकारी’

राष्ट्रिय जनमाेर्चाले सातै प्रदेशमा सम्मेलन गर्ने, अब प्रदेश समिति ‘कार्यकारी’

cnewsnepal

बिहिबार, मंसिर २ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । राष्ट्रिय जनमोर्चाले सातवटै प्रदेशमा प्रदेश सम्मेलन गर्ने भएको छ । गएको कात्तिक ३० गते बसेको केन्द्रीय समितिको बैठकले सातवटै प्रदेशमा सम्मेलन गर्ने निर्णय गरेको महासचिव मनोज भट्टले जानकारी दिए ।

सातै प्रदेशमा आगामी माघ महिनाको १५ र १६ गते सम्मेलन हुनेछ । सम्मेलनमा केन्द्रका तर्फबाट जाने प्रतिनिधिहरूबारे भने सचिवालयले पछि निर्णय गर्ने महासचिव भट्टले बताए ।

गत २०७७ चैत महिनामा सम्मपन्न राष्ट्रिय जनमोर्चाको चौँथौ राष्ट्रिय सम्मेलनले अब प्रदेश समितिहरु कार्यकारी हुने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सम्मेलनपछि निर्वाचित प्रदेश समितिले कार्यकारी अधिकार प्राप्त गर्नेछन् ।

यस्तै, राजमोले यही मंसिर र पुष महिनामा देशब्यापी आर्थिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । पार्टी संगठन निर्माण, संघर्ष र प्रचारात्मक कार्यका लागि आर्थिक अभियान सञ्चालन गरिने महासचिव भट्टले जानकारी दिए। सो अभियान सफल पार्न सम्पूर्ण नेता कार्यकर्तासँग आग्रह गर्दै राजमोले सहयोगका लागि आम जनतासित अपिल पनि गरेको छ ।

बैठकले कोरोना भाइरसको प्रकोपको कारणले लामो विभिन्न समितिहरुको बैठक बस्न नसकेको भन्दै अब कोरोनाको प्रकोपको स्थिति सामान्य भएको अवस्थामा यही मंसिर २० गतेभित्र प्रदेश, जिल्ला तथा स्थानीय समितिहरुका बैठक बसी संगठनात्मक, संघर्ष, राजनीतिक प्रचारात्मक कार्यक्रम तय गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार