• ट्रेण्डिङ :

नेपाली काँग्रेसको काठमाण्डौं क्षेत्र नम्वर ९ ‘‘ख’’ को सभापतिमा भट्टराई

नेपाली काँग्रेसको काठमाण्डौं क्षेत्र नम्वर ९ ‘‘ख’’ को सभापतिमा भट्टराई

cnewsnepal

शुक्रबार, मंसिर ३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


रोसन दानी, ३ मंसिर काठमाण्डौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश काठमाण्डौं क्षेत्र नम्वर ९ ‘‘ख’’ को सभापतिमा राजेन्द्र प्रसाद भट्टराई निर्वाचित भएका छन् ।

नेपाली काँग्रेस १४ औं महाधिवेशन बागमती प्रदेश काठमाण्डौं क्षेत्र नम्वर ९ ख को प्रथम अधिवेशनवाट २६ सदस्यि कार्यसमिति र्निविरोध चयन भएका हुन् ।

अधिवेशनबाट उपसभापतिमा रामबहादुर सिंह ठकुरी र रमेश प्रसाद गौतम चयन भएका छन् । अधिवेशनले सचिवमा माधव प्रसाद भुसाल र देवेन्द्रराज गिरी सहसचिवमा माधव प्रसाद खतिवडा, दिलिप रिमाल चयन भएका हुन भने कोषाध्यक्षमा करुणा श्रेष्ठलाई मनोनित गरेको छ । काँग्रेस विधान अन्तर्गत कोषाध्यक्ष मनोनित हुने व्यवस्था गरेको छ ।

त्यस्तै गरि सर्वसम्मत भएका प्रदेश अधिवेशन प्रतिनिधि खुल्ला तर्फ प्रकाश श्रेष्ठ,राजु साप्कोटा,दिनेश कार्की,सरता थापा खड्का,सुन्दर पन्त,हरिश्याम राना मगर,बलावती शर्मा,सुर्दशन बिष्ट,हरिमान लामा,पुर्णकुमारी पुनम कागो छन् ।

खस आर्य तर्फबाट किरण सिग्देल,उमेश प्रसाद कोईराला,विनिता ढवाडी,आदिवासी जनजातीवाट कृष्ण भक्त श्रेष्ठ,सुर्यमान तामाङ,कल्पना कुमारी श्रेष्ठ दलित तर्फ अस्मिता वयलकोटी मधेशी,थारु अपाङ मुस्लिम,अलपसङख्यकबाट रामशरण बानियाँ चयन भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार