९ मंसिर, काठमाण्डौं । नेकपा एमालेका नेता तथा बागमती प्रदेश कमिटि सदस्य हरिशरण थापाले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
चितवनमा एमालेले शुक्रबारदेखि दसौं राष्ट्रिय महाधिवेशन गर्दैछ। एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।महाधिवेशनको पूर्वसन्ध्यामा उनले केन्द्रीय सदस्य खुल्ला पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेकपा एमालमा अविच्छिन्न रुपमा ओली निकट भएकै कारण आफू केन्द्रीय सदस्यमा उठ्ने थापको भनाई छ ।

महाधिवेशनवाट पाटी अध्यक्षमा केपी शर्मा ओली निर्विकल्प हुने दावी गर्दे ‘पार्टीमा युवाहरुको उपस्थिति बढाउनुपर्छ त्यसैका लागि मेरो उम्मेदवारी हो । उनले समृद्ध नेपाल र सुखी नेपालीको सारथी बन्नुपर्छ भनेर मैले केन्द्रीय सदस्यमा उमेदवारी दिन लागेको हुँ,’ उनले भने ।
पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सदस्य पदमा उम्मदवारी दिने निर्णय गरेको उनले बताए। युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उनले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताए।
उनी काठमाण्डौ जिल्लाको साविक गाउँ विकास समितिको अध्यक्ष,पुर्व राष्ट्रिय प्रतिनिधि परिसद सदस्य र एमाले केन्द्रिय सदस्य भईसकेका छन् ।