चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्, सरकार र न्यायपालिकामा देखिएको किचलोको जिम्मा विभिन्न राजनीतिक दलहरुले लिनुपर्ने बताएका छन् ।
शुक्रबार चितवनमा आयोजित एमालेकोको दशौँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै तीनै तहमा देखिएको किचलोको जिम्मा राजनीतिक दलहरुले लिनुपर्ने बताए
।
अध्यक्ष केसीले दलहरुले देशमा देखिएका समस्याहरुको जिम्मेवारी लिएर देश विकासमा एकजुट भई अघि बढ्नुपर्ने पनि बताए । उनका अनुसार अब राजनीतिक दलहरू एकजुट हुनुको विकल्प छैन ।
उनले कार्यक्रममा भने, ‘गणतन्त्र, धर्म निरपेक्षता ल्याएको जस लिइरहेका छौं । अहिले संसद्को किचलो, कार्यकारिणी र न्याय पालिका भएको अस्तव्यवस्ता पनि हामीले गरेको हो भन्न सक्नुपर्यो ।’