१९ फागुन,काठमाण्डाैं । राष्ट्रिय जनमोर्चाका नेता लालबहादुर थापाले लामाे समय सम्म ठुला दलवाट जनताले दुख पाएकाे भन्दै राष्ट्रिय जनमोर्चाबाट विकल्प खोजेको बताएका छन् ।
सञ्चारकर्मी संगको कुराकानीमा थापाले राष्ट्रिय जनमोचा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनताले चाहेको बताए । उनले भने, ‘राष्ट्रिय जनमोर्चा शक्तिको रूपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राष्ट्रिय जनमोर्चाको निति सिद्धान्त र जनता संग जोडिएका समस्या संगै रहेर अगाडी वढ्ने पाटी भएको कारण राष्ट्रघाती र देश लुटन पल्केकाहरुका लागि पतासाफ गर्न वैकल्पिक शक्तिको रूपमा आउनु पर्छ,’ नेता थापाले भने ।
‘काँग्रेस, एमाले र माओवादीको छलछाम र कामबाट वाक्क भएर जनमोर्चालाई जनताले आशाका साथ हेरिरहेका छन् । राष्ट्रवादी, शक्ति, संघियाता विरोधी शक्तिहरु ज्नमोर्चाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएका छन्,’ नेता थापाले भने, ‘यो लहर, लहरले दिएको शक्ति सदा उपलब्ध नहुन सक्छ । त्यसकारण समयले दिएको शक्तिलाई साथ लिएर यसभन्दा माथि उठ्ने प्रयास गर्नु पर्दछ । यो अवस्था आन्तरिक सुक्षबुझ, एकता र आन्तरिक व्यवस्थापनबाट प्राप्त हुन्छ ।’
यस्तै, थापालेले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा पूर्ण तयारीका लाग्नु पर्ने बताए ‘वातावरण हाम्रो पक्षमा छ,’ उनले भने ।
नेता थापाले शैन्य रणनिति अनुसार आएको एमसीसी लागु गर्ने शक्तिहरुलाई आगामी निर्वाचनबाट हटाएर जनता जान तयार हुनु पर्ने उनको जोड छ । देशमा व्याप्त भ्रष्टचार, लुट तन्त्र,गिरवी,अशिक्षा,वेराेजगारी जस्ता समस्या हल गर्ने दलहरूनै भ्रष्ट र अनैतिक रहेकाे उनकाे अाराेप छ ।