• ट्रेण्डिङ :

आठौं राष्ट्रिय महाधिवेशनको म्यान्डेट विपरीत केन्द्रीय सदस्य मनोनयन प्रस्ताव गरेको भन्दै असन्तुष्टि

आठौं राष्ट्रिय महाधिवेशनको म्यान्डेट विपरीत केन्द्रीय सदस्य मनोनयन प्रस्ताव गरेको भन्दै असन्तुष्टि

cnewsnepal

बुधबार, फाल्गुन २५ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


२५ फागुन, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष जयबहादुर कार्कीले नेकपा (माओवादी केन्द्र)ले हालै मनोनयन प्रस्ताव गरेको केन्द्रीय सदस्य छनौट प्रक्रियाप्रति असहमति जनाएका छन् ।

उपाध्यक्ष कार्कीले यही फागुन २० गते सुरु भई २३ गते सम्पन्न बैठकले आठौं राष्ट्रिय महाधिवेशनको म्यान्डेट विपरीत केन्द्रीय सदस्य मनोनयन प्रस्ताव गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । “पार्टीमा युवा, महिला, दलित लगायतको प्रतिनिधित्व गराइएको भए तापनि छुटाउनै नहुने तप्काको सम्बोधन भएको छैन्,” उनले भने, “एमसीसीले गिजोलिएको राजनीतिमा केन्द्रीय समितिको निर्णयपछि थप असन्तुष्टि चुलिएको छ ।

उत्पीडित श्रमवीजी वर्गको एकजना पनि प्रतिनिधित्व नै छैन् । कम्युनिष्ट पार्टी भन्ने तर कम्युनिष्ट पार्टीको नीति र विधि विपरीत चलेको अनुभूत भइरहेको छ । पार्टीभित्र गुटवादी, फुटवादी नेताहरु हावी हुँदा अध्यक्ष प्रचण्डलाई गा¥हो परेको पनि देखिन्छ ।” उनले थपे, “नेतृत्वको परिपरि घुम्ने गणेशहरु, गुटको पक्षपोषण फुटवादीहरु हावी हुँदा आन्दोलन र इतिहासको सही मूल्याङ्कन हुन नसकेको केन्द्रीय सदस्य मनोनयन प्रस्तावले देखाएको छ ।” यसबारे आफूहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराउने पनि बताए ।

यस्तै अन्टुफ सचिव सोमबहादुर तामाङले पनि केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य मनोनयन गर्दा मजदुरलाई उपेक्षा गरेको बताएका छन ।सचिव तामाङले संघर्षका हरेक मोर्चाहरुमा सबैभन्दा अग्रमोर्चामा खटिने श्रमजीवी मजदुरहरुलाई पार्टी केन्द्रमा प्रतिनिधित्व गराउने सवालमा केन्द्रीय समितिको बैठकले एकजना मजदुर पनि समेट्ने प्रस्ताव नगर्नु पार्टी क्षयीकरणमा लैजाने प्रक्रिया भएको बताए ।

पार्टीभित्र चाकडीवाज र नवधनाढ्यहरुको बोलवाला बढ्दै गइरहेको भन्दै उनले श्रमजीवी मजदुर जसले बिसौं वर्षअघिदेखि अविछिन्न पार्टी, अन्दोलन र संघर्षमा होमिएका छन् उनीहरुको उचित मूल्याङ्कन नभए श्रमिक चुप लागेर नबस्ने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार