• ट्रेण्डिङ :

एम.सी.सी. खारेजीका लागि छ विद्यार्थी संगठनद्वारा राजधानीमा खबरदारी सभा (तस्विरहरू)

एम.सी.सी. खारेजीका लागि छ विद्यार्थी संगठनद्वारा राजधानीमा खबरदारी सभा (तस्विरहरू)

cnewsnepal

बिहिबार, फाल्गुन २६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


फागुन २६ गते काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा छओटा विद्यार्थी सङ्गठनले राष्ट्रघाती एम.सी.सी. खारेजीका लागि खबरदारी सभा सम्पनन गरेको छ ।

कार्यक्रममा आन्दोलनरत विद्यार्थीहरू राजधानीका विभिन्न कलेज तथा स्कुलबाट नाराबाजी गर्दै शान्तिवाटिकामा जम्मा भइका थिए ।

त्यहाँबाट गगनभेदी नारा गुन्जायमान गर्दै जुलुस बागबजार, पुतली सडक हुँदै आरआर क्याम्पसअगाडि प्रदर्शनी मार्गमा पुगेपछि सभामा परिणत भएको थियो ।

जुलुसमा सहभागीहरूले एम.सी.सी. चाहिँदैन !, अमेरिकी साम्राज्यवाद मुर्दावाद !, दलालहरू होसियार !, देश बेच्न पाइँदैन ! जस्ता नारा लगाएका थिए ।

सभालाई अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरलगायतका अन्य सहकर्मी विद्यार्थी सङ्गठनका केन्द्रीय नेतृत्वले सम्बोधन गरेका थिए ।

सो क्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाही, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनकी केन्द्रीय अध्यक्ष राजेश्वरी सुवेदी, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सिलु न्यौपाने, अनेवियुका नेता उत्सव कट्टेल, अखिल क्रान्तिकारीका केन्द्रीय संयोजकले कपिल सिजापतिले पनि सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको बिच बिचमा जनवादी गीत तथा नृत्यद्वारा कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने कार्यक्रमको सञ्चालक नरेन्द्र विकले गर्नुभएको थियो ।

         

प्रतिक्रिया
सम्बन्धित समाचार