• ट्रेण्डिङ :

तिनथानामा आत्मरक्षा सम्बन्धि तालिमकाे सुभारम्भ

तिनथानामा आत्मरक्षा सम्बन्धि तालिमकाे सुभारम्भ

cnewsnepal

बुधबार, असार १५ २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


१५ असार,काठमाडौं । चन्द्रागिरि नगरपालिकाकाे तिनथानामा आत्मरक्षा सम्बन्धि तालिमकाे सुभारम्भ भएकाे छ ।

आजको आवश्यक आत्मरक्षा भन्ने मुल उदेश्यका साथ चन्द्रागिरि वडा नम्बर १५ तीनथानामा आतमरक्षा तालिम आजबाट सुरू गरिएको हाे ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ काे आयाेजनामा उज्यालो सामुदायिक सिकाइ केन्द्र तिन्थाना वडा न १५ काे सञ्चालन तालिम सञ्चालन गरिएकाे मुनाल क्लबको अध्यक्ष पुष्कर थापा बताए ।

चन्द्रागिरि वडा नम्बर १५ का वडा अध्यक्ष घनश्याम लुईटेलले समुदायमा यस्ता आत्म रक्षा सम्बन्धि तालिमबाट महिला दिदीबहिनीहरूकाे आत्म बल बढ्ने र आफ्नाे सुरक्षा परेकाे खण्डमा आफै गर्न सक्ने सकारात्मक उर्जा पैदा हुने विश्वास व्यक्त गरे । वडा अध्यक्ष लुईटेलले महिला सशक्तीकरणमा वडाले विशेष कार्यक्रम मार्फत याेजना बनाई रहेकाे उनकाे भनाई छ ।                         बुधबारवाट सुरू भएकाे तालिम १९ गते सम्म सञ्चालन हुने आयाेजकले जनाएको छ ।

५ दिने प्रशिक्षणमा महिलाहरूलाई आवश्यक परेकाे अवस्थामा कसरी आफ्नाे सुरक्षाका उपाय अपनाउने भन्ने बारे विषेश कक्षा समेत सञ्चालन हुनेछ ।

उक्त तालिम कराँते प्रशिक्षक वीर कृष्ण शाहीले प्रदान गर्ने छन् भने तालिममा १ दर्जन वढि सहभागी रहने छन् ।

कार्यक्रम चन्द्रागिरि १५ का वडा सदस्यहरू श्रुति माली,कृपाल खड्का,आशिस महर्जन,विष्णु माया नेपालकाे समेत सहभागी रहेकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार