काठमाडौं । काठमाडौं निर्वाचन ९”क”बाट प्रदेश सभा सदस्यका उम्मेदवार बिनाेद थापाले आफ्ना मतदातासमक्ष भोट माग्दै राजधानी र राजनीति दुवै सफा गर्ने संकल्प गरेका छन् ।
बिहीबार काठमाडौं ९ का मतदातालाई अपिल जारी गर्दै उनले काठमाडौं ९ ख मा आफ्नो उम्मेदवारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आइटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्टिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रदान गरेको उल्लेख गरेका छन् ।
थापाले कुनै दलीय लोभलालचा र दबाब रहित भएर राष्ट्रर समाजको हितमा प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।
थापाकाे अपिल पत्रमा पुरातत्व तथा एतिहासिक मठ मन्दीर सम्पदाहरुको संरेक्षण गरी पर्यटन प्रबर्द्धन गर्न संधिय सरकार र प्रदेश संरकार सॅग हातेमालो गरी अगाडी बढ्ने बताएका छन् ।
‘काठमाडौंलाई विकास मात्र होइन, व्यवस्थित विकास आवस्यक छ । पर्यावरणीयमैत्री राजधानी हामी सबैको चाहना हो । यसैगरी, राजनीतिक निष्ठा र इमान्दारितामाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आमनिरासा छाएको छ । त्यसकारण मेरो संकल्प छ, म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु,’ उनले भनेका छन् ।
थापाले स्थानीय तहमाकाे निर्वाचनमा कामनपा १४ काे वडा सदस्य पदमा विजयी भईसके पश्चात् दिन रात जनताकाे सेवामा तल्लीन रहेकाे समेत जानकारी गराएका छन् ।
क्षेत्र नम्बर ९ का मतदाताहरुले खोजेको बेला भेटिने छोरो, भाइ, दाइ, साथी र जनप्रतिनिधिको रुपमा विनाेद थापा तपाईहरुमाझ सँगै उभिने छ । नेतृत्वले चाहने हो भने के के सम्भव छ भन्ने कुरा म स्थापित गर्न चाहन्छु । आगामी पाँच वर्षको यो अवसरलाई म किमार्थ खेर जान दिने छैन,’ थापाले अपिलमा भनेका छन् ।
थापाले स्थानीय स्तरमा उद्योग धन्दा र प्रदेशमै राेजगारी वजारीकरण गर्ने नीति तय गरेकाे बताएका छन् ।नेपाल सरकारले उपलब्ध गराउदै आएकाे भत्ताहरूलाई घरमै उपलब्ध हुने वातावरण तयार पारिने जनाएका छन् । थापाले ९ वटा बुँदामा अपिल पत्र तयार पारि जनताकाे घरदैलाेमा पुगेका छन् । थापा स्थानीय निर्वाचन २०७४ मा काठमाडौ महानगरपालिका १४ बाट लाेकप्रिय मत ल्याई विजयी भएका थिए ।
यस्तो छ थापाकाे अपिल पत्र
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी