• ट्रेण्डिङ :

२० सिटमा उमेदवारी दिनेपार्टिले देश चलाउने हवाला दिनु हास्यास्पद : ईश्वर पोख्रेल

२० सिटमा उमेदवारी दिनेपार्टिले देश चलाउने हवाला दिनु हास्यास्पद : ईश्वर पोख्रेल

cnewsnepal

मंगलबार, कार्तिक ८ २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौ ,कात्तिक ८ नेकपा एमाले का वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले देशभरबाट २० सिट उम्मेद्बारी दिएको पार्टी ले देश  चलाउने दिवा सपना देखेको बताएका छन् ।

नेकपा एमाले ओखलढुंगा काठमाडौ सम्पर्क मंचद्वारा आयोजित देउसिभैलो कार्यक्रम उक्त कुरा बताए का हुन् ।नेकपा एमाले बिभाजन गरि बनेको नेपाल समाजबादी पार्टीप्रती लक्षित गर्दै उक्त कुरा बताएका हुन् ।            कार्यक्रम को प्रमुख अतिथि रहेका पोख्रेल ले ४० सिट मा उमेदवारी दिने माओवादी ले प्रधानमन्त्री बनाउछौ
भन्ने र ८० सिटमा उम्मेद्बारी दिने काङ्ग्रेस ठुलो दलको हैसियत मा बहुमत को सरकार बनाउने कुरा गर्दै हिडेको र यो हास्यास्पद रहेकोे बताए ।
केही समय अगाडी ओखलढुंगा जिल्ला नेतृत्व मा केही मनमुटाव भएको भएपनि बर्तमान मा कुनै तिक्तता नरहेको आफुले पाएको र यो नेकपा एमाले को जित को पुर्बशर्त रहेको बताए ।

कार्यक्रम को बिशेष आतिथी रहेका नेकपा एमाले स्थाई कमिटी सदस्य एब काठमाडौ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य का उमेदवार डा राजन भट्टराईले एमालेले लिएको सुखी नेपाली समृद्व नेपाल् को आकाङक्षालाई साकार पार्ने एमालेले जित्नै पर्ने दाबी गरे ।

कार्यक्रम मा ओखलढुंगा बाट प्रतिनिधिसभा सदस्य उमेदवार यज्ञराज सुनुवार ,प्रदेश सभा सदस्य उम्मेदवार अम्बिर बाबू गुरुङ ,जिबि खड्का, प्रदेश समानुपातिक उमेदवार किशोर अधिकारी ले पार्टीका एजेन्डा रआफ्ना चुनावी एजेण्डा ,बिगतमा आफू जिम्मेवारी मा रहदा गरेको कामहरु का कारण बिजय सुनिश्चित रहेकोे समान धारणा व्यक्त गरे ।

सम्पर्क मंच का अध्यक्ष सुर्य गुरुङले मंच ले जिल्ला पार्टी र काठमाडौ मा बसोबास गर्ने जनता का बिचमा पार्टी लाई जोड्ने काम गरेको बताए ।

उक्त अबसरमा एकिकृत समाजबादी निकट अनेरास्ववियु का उपमहसचिब दिपक फुयाल ,नेताहरु रत्नकुमार बम्जन,रमेश कार्की लगायत नेताहरु मुलधारमै फर्केका छन् ।

सम्पर्क मंचले देउसी भैलो बाट संङकलित रकमले राहत कोष स्थापना गरि जिल्लला बाट बिरामी भइ उपचार गर्ने आउने बिरामीहरुका लागि सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार