काठमाडौ,कातिक २३ ,प्रथम युनाईटेडस्पोर्टस कप व्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ । चन्द्रगिरी नगरपालिका धौलागिरी स्थित व्याडमिन्टन कभर्डहलमा चन्द्रागिरी नगरपाललिका वडा नं १२ मा रहेको युनाईटेड क्लबको आयोजना ,चन्द्रागिरी व्याडमीन्टन क्लब को सह–आयोजना र धौलागिरी ब्याडमिन्टन क्लबको सहयोगमा प्रयिोगिता आयोजना गरिएको हो ।
आयोजक युनाईटेडस्पोर्टस क्लबका अध्यक्ष नारायण प्रसाद सिग्देलको सभापतित्व ,चन्द्रगिरी नगर प्रमुख घनश्याम गिरी को प्रमुख आतिथ्यता रहेको उद्धघाटन कार्यत्रममा चन्द्रागिरी नगरपाकिा वडा नं १२ का वडा अध्यक्ष न्हुच्छे बहादुर महर्जन,लगायत नगरभित्र रहेका बिभिन्न व्याडमिन्टन क्लबका पदाधिकारीहरु,खेलाडिहरु र खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।
पुरुषडबल्स खुल्ला प्रतियोगिता मा चन्द्रागिरी नगरपालिका , किर्तीपुर नगरपालिका ,दक्षिणकाली नगरपालिका, धादिङको धुनवेशि नगरपालिका का ६६ टिम खेलाडिहरुको सहभातिा रहेको छ ।
त्यसैगरी चन्द्रागिरी नगरभित्रका “बि क्याटागोरीका ” बिगतका प्रतियोगितामा बिजेता,उपविजेता बाहेकका खेलाडीका लागि मात्रै छुट्टै प्रतिष्पर्धा हुने आयोजक यूनाइृटेडस्पोर्टस क्लबका अध्यक्ष नारायण प्रसाद सिग्देलले बताए ।’
दोस्रो बरियतामा रहेका नगरका खेलाडिलाई प्रोत्साहित गर्न छुट्टै प्रतिष्पर्धा गर्न लागिएको अध्यक्ष सिग्देलको भनाई छ । प्रतियोगिता कार्तिक २३ गतेबाट सुरुभई कार्तिक २६ सम्म चल्नेछ । उद्धघाटनका दिन १८ टिमले प्रतिष्पर्धा गर्ने छन् ।