काठमाडौ, कार्तिक २४ नेकपा(एस),राप्रपा लगायत बिभिन्न पार्टिसँग आबद्ध युवाहरु नेकपा एमालेमा प्रबेश गरेका छन् । युवासंघ नेपाल काठमाडौ महानगर १४ कमिेटीको आयोजना मा भएको पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले स्थाई कमिटी सदस्य एबं निर्वाचन क्षेत्र नम्बर ९ का संघियसंसद पदका उमेद्वार कृष्ण गोपाल श्रेष्ठले युवाहरुलाई खादामाला लगाएर स्वागत गरेका हुन् ।
पार्टी प्रबेश कार्यक्रममा क्षेत्र नं ९ संघिय संसद उमेद्वार कृष्णगोपाल श्रेष्ठ,क्षेत्र नम्बर ९ प्रदेश ‘क’ का प्रदेश संसद उमेद्वार हरिकृष्ण डंगोल,प्रदेश समानुपाकि संसद उमेद्वार मिना काफ्ले ,नेकपा एमाले काठमाडौ जिल्ला सहईन्चार्ज बिधासुन्दर शाक्य, लगायत नेतागणको उपस्थिती रहेको थियो ।
उतm कार्यक्रममा बोल्दै संघिय संसद उमेद्वार कृष्ण गोपाल श्रेष्ठले आफ्नो जित शुनिश्चित रहेको भन्दै आफु निर्वाचित भएपछि युवाहरुका मुद्धालाई ओझेलमा पर्न नदिने बताए ।’
त्यसैगरी अर्कावतmा प्रदेश संसद उमेद्वार हरिकृष्ण डंगोलले पार्टिको घोषणापत्र मा भएको बिस ग्यारेन्टी सहितको बिकासको खाका कोर्नआफु प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले काठमाडौ जिल्ला सहईन्चार्ज एवं काठमाडौ महानगर पालिकाका निबर्तमान मेयर बिधासुन्दर शाक्यले आगामी मंसिर ४ को निर्वाचनमा केन्द्रित भएर लाग्न युवाहरुलाई निर्देशन दिए ।
युवा संघ नेपालका बाग्मती प्रदेश सदस्य दिपेश सुधाकार,काठमाडौ जिल्ला कमिटी सदस्य बिकल्प थापा,महानगर सदस्य सागर के.सी लगायत ले नबप्रवेशी युवाहरुलाई स्वागत गर्दै पार्टिको काममा हातमाहात काधमाकाध मिलाई अगाडी बढ्न आग्रह गरे ।’