काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको चर्चा चलिरहेको बेला आज एक नेता खुसुक्क डिल्लीबजार कारागार पुगेकाछन् ।
पार्टीबीचको एकता सम्भावनाबारे छलफलका लागि जसपाको तर्फबाट वार्ता समिति संयोजक नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बिच डिल्लीबजार कारागारमा छलफल भएको हो ।
दुई नेता बिच आज कारागारमा १ घण्टा छलफल भएको स्रोतले जनाएको छ ।
भेटवार्तामा जसपा र नागरिक उन्मुक्ति बिच एकताबारे छलफल भएको जनाइएको छ । नेता राजेन्द्र श्रेष्ठ दिउसो १ बजे कारागारबाट बाहिरिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार