राेसन दानी,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।
राजधानीस्थित बसुन्धरामा पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
बैठक सञ्चालन भईरहेकाे र महत्त्वपूर्ण निर्णय केही बेरमा शार्वजनिक हुँदै रहेकाे स्राेतले जानकारी दियाे ।
बैठकमा केही नेताहरूले सरकार छाडेर संगठन निर्माणकार्यमा जानुपर्ने धारणा शार्वजनिक गरिएकाे जनाएको छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले गृहबाहेकको अरु कुनै मन्त्रालय लिन गरेको प्रस्तावका विषयमा छलफल हुने बताइएको छ ।
रास्वपाले यसअघि गृह मन्त्रालयनै चाहिने भन्दै त्यसका लागि दुई दिनको अल्टिमेटम दिएको थियो । जुन समय आजै सकिँदैछ । रास्वपाले आजको बैठकबाट गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ।