काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निस्कर्ष बिहिन भएकाे छ ।
राजधानीस्थित बसुन्धरामा पार्टी केन्द्रीय कार्यालयमा सुरू भएकाे बैठक निस्कर्ष बिहिन भएकाे हो ।
बैठकमा केही नेताहरूले सरकार छाडेर संगठन निर्माणकार्यमा जानुपर्ने धारणा व्यक्त गरेका थिए ।बैठकपछि पार्टीका मुख्य सचेतक सन्तोष परियारले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको र आजको बैठकले कुनै निर्णय गर्न नसकेको बताए ।
बैठकमा उपनिर्वाचन चाडाै गर्न र राष्ट्रपति निर्वाचनका लागि छलफल भएकाे एक नेताले बताए ।
रास्वपाले यसअघि गृह मन्त्रालयनै चाहिने भन्दै त्यसका लागि दुई दिनको अल्टिमेटम दिएको थियो । जुन समय आजै सकिएकाे छ । रास्वपाले आजको बैठकबाट भाेली ११:३० बजेका लागि फेरि बस्ने तय गरेकाे छ ।