• ट्रेण्डिङ :

रविको लहरोले पहरो गर्जीयो

रविको लहरोले पहरो गर्जीयो

मन्दिरा थापा

आइतबार, माघ २२ २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


२०७९ माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा व्यक्त गरेको अभिव्यक्तिले देश विदेश भरिनै तरगं मच्चाईरहेको छ । सामाजिक संजालमा उनले दिएको अभिव्यक्ति सहि र गलत भन्नेहरुको चर्को दोहोरी नै चलेको छ । उनले अभिव्यक्ति दिएको केहि समयमानै पत्रकार महासंघले उनको अभिव्यक्ति प्रति खेद जनाउदै बिज्ञप्ती निकालिसकेको छ । यता सामाजिक संजालमा भने आमसाधारण मानिसहरुको प्रतिक्रिया हेर्दा उनको समर्थनमा धेरै देखिन्छ । दुधैले नुहाएका त उनि पनि पक्कै छैनन् होला ? उनको पनि कमि कमजोरी होलान् । उनले जसको विरुद्दमा बोले भोली उनिहरु पनि प्रमाण सहित आउलान । यदि उनि गलत छन र राष्ट्रियताको मामलामा कतै चुकेका छन् भने उनको पनि पर्दाफास हुनै पर्छ ।

आफै मिडियाकर्मी हुदै राजनितिमा प्रबेश गरेका र छोटो समयमानै भारी जनमतका साथ सासंद हुदै गृहमन्त्रीको जिम्मेवारी सम्हालीसकेका रविको त्यो अभिव्यक्ति अलिकति असंयमित र आक्रोसपुर्ण त थियो नै तर आक्रोसमै भयपनि नेपालका यि ठुला भनिएका अझ भनौ राष्ट्रको अभिन्न अंग बनिसकेका मिडियाहरुको प्रमाण सहित खुलेआम वास्तविकता उजागर गर्नु भनेको चाहि चानचुने कुरा होइन । रविको भनाइमा बाटो वाट पन्छाउन नागरिकता विवाद ल्याएर गृहमन्त्री वाट त हटाए तर जादाजादै यसरी नङ्ग्याईदिएका छन् कि भोली देखि सार्वजनिक स्थानमा उभिन पनि लाजहुने बनाएको देखिन्छ ।

अब मिडियाकर्मीहरुले रविले लगाएको आरोप प्रती समिक्षा गर्दै आफ्नो नैतिकता बचाउने कि पत्रकार महासंघ मार्फत धम्कीपुर्ण विज्ञप्ती निकालेर रविको आरोप लाई सहि साबित हुन पक्षपोषण गर्ने ?

रवि लामिछानेले बोलेका कुराहरु मिडियाकर्मी प्रति मात्र लक्षित नभएर देशको समग्र सुसाशन र राजनिती माथि प्रश्न् चिन्ह खडा भएको छ । यसमा सरकार र राजनितीक दलका शिर्षस्थ नेताहरुको जवाफदेहिता हुने कि नहुने ?

प्रतिक्रिया
सम्बन्धित समाचार