नेकपा एमालेले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थजन फिर्ता लिने निर्णय गरेको छ।
नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकार छाड्ने र प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको नेकपा एमाले नेता कृष्णगोपाल श्रेष्ठले सिन्युजलाई बताए ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति कार्यान्वयन नगरेको र हस्तक्षेपकारी निति अपनाएका कारण फिर्ता लिनु परेको उनको भनाई छ ।
उनले राष्ट्रपति निर्वाचन तयारीमा पार्टी जुटेको र विजयी हुनेसमेत बताए।
पुर्व मन्त्री श्रेष्ठका अनुसार केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट बाहिरिने निर्णय गरेको हो। प्रदेशबारे भने एमालेले अहिले कुनै निर्णय नगरेको उनले बताए।