काठमाडौ ,१० प्रवासी नेपालीमंच ईजरायलद्वारा युवा संघ नेपाललाई नगद सहयोग गरेको छ ।
युवा संघ नेपालले समाज रुपान्तरण र जनजिविकाको सवालमा निरन्तर लागि रहेको ले थप कार्यहरू गर्नका लागि प्रोत्साहित गर्न आर्थिक सहयोग गरिएको प्रवासी नेपाल मंच का अध्यक्ष समीर प्रधानले बताए ।”
मंच को तर्फबाट प्राप्त लिखित संदेशसहितको पत्र र नगद रुपैया एकलाख तिसहजार युवा संघ केन्द्रिय सदस्य अजित लामामार्फत नवनिर्वाचित अध्यक्ष क्षितिज थेवेलाई हस्तान्तरण गरेका थिए ।
पत्रमार्फत प्रवासी मंच को तर्फबाट नवनिर्बाचित अध्यक्ष लगायत सम्पुर्ण टिमलाई बधाई तथा सफल कार्यकाल को शुभकामना व्यक्त गरिएको थियोे ।
युवा संघ नेपाल को भर्खरै सम्पन्न महाधिवेशनमा सर्बसम्मत चयन भएका अध्यक्ष क्षितिज थेवे तथा अन्य पदाधिकारी ले आजैमात्र पदभार ग्रहण गरेका छन् ।