• ट्रेण्डिङ :

फराकिलो मतान्तरसहित स्वर्णिम वाग्ले विजयी

फराकिलो मतान्तरसहित स्वर्णिम वाग्ले विजयी

cnewsnepal

मंगलबार, बैशाख १२ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्।
नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले पराजित गर्दै विजयी भएका हुन् ।

डाक्टर वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन्।

तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार