• ट्रेण्डिङ :

झापामा बस्ने भनिएको एमाले केन्द्रीय कमिटीको बैठक काठमाडौं सर्‍यो

झापामा बस्ने भनिएको एमाले केन्द्रीय कमिटीको बैठक काठमाडौं सर्‍यो

cnewsnepal

आइतबार, बैशाख २४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं– नेकपा एमालेले झापामा बस्ने भनेर बोलाएको केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने भएको छ। एमालेले वैशाख २८ गतेदेखि ३० गतेसम्म झापामा बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।

एमालेका नेता राजन भट्टराईले बैठकको मिति परिवर्तन नभएको र विशेष कारणबस झापामा बस्ने भनिएको बैठक काठमाडौंमा सारिएको बताएका छन्। ‘झापामा हुने भनिएको केन्द्रीय कमिटीको बैठक बिशेष कारणबस बैशाख २८ देखि ३० सम्म काठमाडौंमा सरेको छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन
एमाले नेताहरुका अनुसार संसद्‌को बजेट अधिवेशन सुरु भएको र नेता ९सांसद०हरु संसद्‌ बैठकमा व्यवस्त हुनुपर्ने भएकाले काठमाडौंमा बैठक सारिएको बताएका छन्।

मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। बैठकमा मंसिर ४ को आम निर्वाचन र वैशाख १० को उपचुनावको नतिजाबारे समीक्षा हुने बताइएको छ।

यस्तै, चुनावपछि सञ्चालित ‘मिसन ग्रासरुट’ अभियानको प्रभावकारिताको विषयमा पनि समीक्षा हुने नेताहरुले जनाएका छन्। केन्द्रीय कमिटीको बैठकअघि अजेन्डा लगायत तय गर्न सोमबार केन्द्रीय कार्यालय र मंगलबार सचिवालयको बैठक बोलाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार