• ट्रेण्डिङ :

राष्ट्रिय युवा संघद्धारा आयोजित बाईक स्लोराईडीङ उपाधि कार्कीलाई

राष्ट्रिय युवा संघद्धारा आयोजित बाईक स्लोराईडीङ उपाधि कार्कीलाई

cnewsnepal

आइतबार, असार ३ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । राष्ट्रिय युवा संघ काठमाडौँ महानगर कमिटीले आयोजना गरेको स्लो बाइक रेस प्रतियोगिताको उपाधी राजकुमार कार्कीले जितेका छन् । हाडीगाउँस्थित भत्केको पुलमा आयोजित प्रतियोगितामा विजेता कार्कीले ३२ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

त्यस्तै सुजार तामाङ दोस्रो हुँदै २० हजार र चन्द्रमान श्रेष्ठ तृतीय हुँदै १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । उक्त प्रतियोगिताको लागि १८० जनाले सहभागिता जनाएका थिए ।
बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न जनस्तरमा जनचेतना जगाँउने उदेश्यले उतm कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल काठमाडौ महानगरकमिटी अध्यक्ष दिपेश सुधाकार ले बताए ।

समयभन्दा १५ मिनेट अगाडि गन्तव्यमा पुग्नुपर्ने, स्वलो राइड, लङ्ग लाइफ मुल नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष क्षितिज थेबे, विसिष्ट अतिथिमा नेकपा एमाले पोलिटब्यूरो सदस्य रामेश्वर फुयाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार