• ट्रेण्डिङ :

बजेटमाथिको छलफल जनता झुक्याउने नाटक : केसी

बजेटमाथिको छलफल जनता झुक्याउने नाटक : केसी

cnewsnepal

सोमबार, असार ११ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बजेटमाथिको अहिलेको छलफल जनता झुक्याउने नाटक मात्रै भएको बताउनुभएको छ ।

आइतवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले उहाँले बजेटमाथिको अहिलेको छलफल जनता भुल्याउने काम मात्रै भएको बताउनु भयो ।

उहाँले सिद्धान्ततः बजेट संशोधन गर्न नमिल्ने भन्दै बजेटमा भेदभाव गरिएकोले पास हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सिद्धान्ततः कुरा गर्ने हो भने बजेट संशोधन गर्न मिल्दैन । तर नेपालमा जे पनि गर्न मिल्छ । बजेटमाथिको छलफल नाटक मात्रै हो, औचित्य छैन । यो समय बिताउने मात्रै हो ।’

उहाँले अहिलेका राजनीतिक दलहरुले संसदीय पद्धतिका कुरा गर्नु जनतालाई उल्लु बनाउनुसरह भएको बताउनु भयो । उहाँले जनतालाई झुक्याएर सत्तामा रहनुको नाटक मञ्चन राजनीतिक दलहरुले गरिरहेको बताउनु भयो ।

अध्यक्ष केसीले बजेटमा भेदभाव र अन्याय गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा आफूलाई चाहिएको जे पनि संशोधन गर्छन्, जनतालाई देशलाई चाहिए नियम र सिद्धान्तको कुरा गर्छन् । खर्च कटौति गरी रुपैयाँ कायम गर्नेकुरा बेकारको कुरा हो । यिनीहरुले संसदीय पद्धतिका कुरा गर्ने जनतालाई उल्लु बनाउनुबाहेक केही होइन । मुख्य कुरा दाउपेच र कसलाई छक्याएर सत्ताको रस्वासदन गर्नुपर्छ भनेर नाटक गरिरहेका छन् । बजेटमा भेदभाव छ । अन्याय छ । बजेट पास हुन कठिन छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार