• ट्रेण्डिङ :

विश्वकप २०२६ का लागि आज दशरथ रंगशालामा नेपाल यमनसँग भिड्दै

विश्वकप २०२६ का लागि आज दशरथ रंगशालामा नेपाल यमनसँग भिड्दै

cnewsnepal

मंगलबार, मंसिर ५ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


५ मंसिर, काठमाडौं । एसियाली विश्वकप छनोट दोस्रो चरणको समूह ‘एच’ को खेलमा नेपालले आज दशरथ रंगशालामा यमनसँग भिड्ने भएको छ ।

नेपालले आफ्नो घरेलु मैदानका रूपमा यमनविरुद्ध दशरथ रंगशालामा खेल्न लागेको यो पहिलोपल्ट हो ।

नेपालले अहिलेसम्म चारपल्ट यमनको सामना गरेको छ । त्यस अर्थमा नेपालसामु ऐतिहासिक अवसर छ यमनलाई आफ्नो घरेलु मैदानमा पहिलोपल्ट हराउने ।

काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेलगत्तै नेपालले यो एसियाकप छनोट खेलेको थियो ।
छनोटमा नेपालको पहिलो खेल नै यमनविरुद्ध थियो ।

नेपालले १४ वर्षपछि सन् २०१४ मा फेरि यमनविरुद्ध खेल्ने अवसर पाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार