• ट्रेण्डिङ :

केपी ओली कपका लागि लुम्बिनी प्रदेशको टिम घोषणा

केपी ओली कपका लागि लुम्बिनी प्रदेशको टिम घोषणा

cnewsnepal

शुक्रबार, मंसिर ८ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


८ मंसिर, काठमाडौं । लुम्बिनी प्रदेशले पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेटका लागि टिम घोषणा गरेको छ ।

नेपालका लागि यू–१९ टिमबाट खेलेका कृष्ण कार्कीको कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको छ ।

१४ रेगुलर खेलाडी र ४ वैकल्पिक खेलाडी सहित १६ जना खेलाडीको नाम लुम्बिनी प्रदेश क्रिकेट संघले घोषणा गरेको हो ।

टिमको प्रशिक्षकको रुपमा वसन्त शाही छन् भने टिम व्यवस्थापकमा राजेश श्रेष्ठ छन् ।लुम्बिनी प्रदेश समुह बी मा रहेर खेल्नेछ । समुह बीमा एपीएफ क्लब र गण्डकी प्रदेश पनि छन् ।

लुम्बिनी प्रदेशको टिमः

कृष्ण कार्की९कप्तान०, सुशान्त सिंह थापा, विराट भण्डारी, मिर्नाल गुरुङ, मनिष थापा, महेश राना, सुमित नेवार, ध्रुव सुनार, अजयकुमार लुनिया, अभिषेश गौतम, रमेश कुर्मी, रोशन लाल गुप्ता, मोहम्मद हुसेन र नरबहादुर सार्की ।

प्रतिक्रिया
सम्बन्धित समाचार