• ट्रेण्डिङ :

ऋचा सह शिक्षा सदन डाजोको कराँते बेल्ट टेस्ट ग्रेडिङ तथा डेमोष्ट्रेशन कार्यक्रम समपन्न (तस्विरहरु सहित)

ऋचा सह शिक्षा सदन डाजोको कराँते बेल्ट टेस्ट ग्रेडिङ तथा डेमोष्ट्रेशन कार्यक्रम समपन्न (तस्विरहरु सहित)

cnewsnepal

आइतबार, मंसिर १० २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


राेसन दानी,काठमाडौं । नेपाल सितोरियो कराँते ऋचा सह शिक्षा सदन डाजो को एक दिने नयाँ कराँते खेलाडीहरुको बेल्ट टेस्ट ग्रेडिङ तथा डेमोष्ट्रेशन कार्यक्रम समपन्न  भएको छ ।

चन्द्रागिरि १ दहचोक स्थित स्कूलमा भएको कार्यक्रममा ६० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र नेपाल सितोरियो कराते संघको अध्यक्षमा धावा गुरुङ्ग दावा गरेका थिए ।
कार्यक्रममा वोल्दै चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले खेलकुदको माध्यमवाट देशको नाम विश्व जगतमा लैजान धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे । मेयर गिरीले समाजलाई अनुशासित र मर्यादित बनाउन यस्ता खेलको विकासमा नगरपालिका गम्भ्रिर भएको उलेख्ख गरे ।

कार्यक्रममा नेपाल सितोरियो कराते संघको अध्यक्षमा दावा गुरुङ्गले नागरिकलाई खेलकै माध्यमवाट जिवन निर्वाहा गर्न महत्वपुर्ण भुमिका खेलेको बताए । स्व्वस्थ जिवनका लागि पनि खेलकुद जिवनको पाटो रहेको चर्चा गरे । अध्यक्ष्य दावाले स्थानिय सरकार कराँते खेलको रुपान्तरणका लागि गम्भ्रिर भएर लाग्नु पर्ने बताए ।

ऋचा सह शिक्षा सदनका प्रधानअध्यापक नवराज खड्काले वालवालिकाहरुको शाररीक मानसिक विकासका लागि खेलकुद महत्वपुर्ण हुर्ने भन्दै स्कुलले हरेक वालवालिकाहरुलाई अध्ययन अध्यापन संगै अत्तिरिक्त क्रिर्याकलापमा समेत ध्यान दिएको बताए ।

कार्यक्रममा खेलाडीहरुले कला प्रस्तुति गरेका थिए । विभिन्न खेलका काँटा समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा कराँते खेलाडीहरु तथा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा चन्द्रागिरि वडा नम्बर एकका वडा अध्यक्ष हरिश्याम राना मगर,वडा सदस्य सुनिता राेक्का, विद्यालय व्यवस्थापन समित सदस्य युवराज सिग्देल,नगर शिक्षा प्रमुख,खेल गुरूहरू लगायतको उपस्थिति रहेकाे थियाे ।

तस्विरहरु

 

प्रतिक्रिया
सम्बन्धित समाचार