नेश्नल भिजन मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित न्यूज अभियान डट कम आजदेखि ११औं वर्षमा प्रवेश गरेको छ ।
सन्चार जगतको यो यात्रामा रुखो सुखो हुँदै सुखद क्षण आम पाठक वर्ग, विज्ञापनदाता, लेखक, शुभचिन्तकहरु माझ सार्वजनिक गर्न पाउँदा हामी हर्ष विभोर क्षण साटासाट गर्न तपाईहरु सामु उभिएका छौं ।
त्यसो त यो पावन अवसरमा तपाई पाठक वर्ग, बिज्ञापनदाता, लेखक, शुभचिन्तकहरुलाई के शब्दले पुरस्कृत गरौं अन्योल बढाएको छ ।
आज साँच्चै नै हामी हर्षित र आन्नदित भएका छौं । ११ वर्ष सम्म आईपुग्दा अथाहा माया दर्शाउने यहाँहरु प्रति हार्दिक नमन ब्यक्त गर्दछौं ।
मंसिरको मध्य चिसोसँगै सुरु भएको हाम्रो यात्रा आज १० बर्ष पुरा गरी ११ वर्षको यात्रा तय भएको हो ।
यस बिचमा हामीले धेरै कुराहरुको अनुभव गर्ने मौका पायौं । हामीले विगत जस्तै माया, प्रेम, सदभावले थप उर्जा मिल्ने बिश्वास उर्जाका साथ अघि बढाएका छौं ।
त्यसकारण अबका दिनहरुमा हाम्रो यात्रा थप सशक्त हुनेछ । यो अन्तरालमा न्युज अभियान डट कम मार्फत भष्ट्राचार विरुद्ध शसक्त भएर अगाडि बढ्यौं ।
राजनीति, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, आर्थिक जस्ता अन्य विधामा रहेर समाचार सम्प्रेषण गर्यो ।
जसका कारण केहि मात्रा भए पनि हरेक जनता सामु सत्य, तथ्य र निष्पक्ष समाचार पुगेको अनुभव बाड्न चाहान्छौं ।
सम्पूर्ण पाठक वर्गमा यो खुशी साट्दै फेरि पनि विगत भन्दा बढि परिस्कृत र जिम्मेबार भएर अगाडि बढ्ने प्रण गर्दछौं ।
न्युज अभियान संचालनका क्रममा आएका विभिन्न अफ्ठ्यारा, आरोह, अवरोह, उताव—चढाव पार गर्दै उर्जा स्वरुप निरन्तर रुपमा कलम चलाईराखेका छौं ।
११ औं वर्षको प्रवेशसँगै हामीले विगतको दुःख पिडालाई शक्तिमा परिमार्जित गरेका छौं ।
देशमा आएका प्राकृतिक प्रकोप भुकम्प, विश्व महामारी कोरोना संक्रमण, नाकाबन्दी होस् या लकडाउन लगायतसँग भिड्दै हाम्रो यात्रा निरन्तररुपमा चलिरहेको छ ।
त्यसो त अहिले पनि राजनितिक अस्थिरता कायमै छ । हामी बिचलित छैनौं । यहाहरुबाट भइरहेको माया थप चुलिने क कुनै कमि महशुष गर्न पर्ने छैन । पुर्ण रुपमा बिश्वास र भरोसा छ ।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास देखि संविधानको कार्यान्वयन राष्ट्रियता, राष्ट्रिय अखण्डता, धर्म, संस्कृति र संरक्षणप्रति अझ जिम्मेवार भएर कलम चलाइरहेका छौं र चलाइरहने छौं ।
समाजमा हुने गरेका बिकृति, विसंगती र अनियमिताका बिरुद्ध यस अनलाइनका सम्पादकीय, खोजसमाचार, लेख, रचना, बिचार, समाचार मार्फत घच्घचाउदै आइरहेका छौं ।
विभिन्न प्रकारका हत्या, हिंसा, महिला सम्बन्धी अन्याय, अत्याचार, अनियमितता र भ्रष्टाचार विरुद्र अभियानमा हामी निरन्तर लागि परेका छौं ।
अनियमिता विरुद्धका समाचार प्रकााशन गर्दा आएका धाक, धम्कीसँग डराएनौं भने कसैको प्रलोभनमा नपरीकन आफ्नो कामलाई निरन्तरता दिँदै आयौं ।
आज हामी बढ्दो मिडियाको बजारमा आफ्नो छुट्टै पहिचान स्थापित बनाउन सफल भएका छौं ।
यहाहरुकै साथले आरोह,अबरोह र उत्साहका बिच आज हामी यो स्थान सुरक्षित गर्न सफल भएका छौं । अविचलित यात्राको प्रमुख श्रेय पाठक वर्गनै हुनुहुन्छ ।
हामीलाई यहाँ सम्म पुर्याउन हौसला, सहयोग, माया, प्रेम दिनुहुने सम्पुर्ण पाठक वर्ग, लेख रचना पठाएर सहयोग गर्नुहुने संघ—संस्था, एजेन्सी, विज्ञापनदाता एवं सम्पूर्ण शुभचिन्तकहरुमा फेरि पनि हार्दिक आभार प्रकट गर्दै नवौं वर्ष पुरा गरि दशौ वर्षमा प्रबेश गरेको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । धन्यवाद ।
संस्थापक सम्पादक: छायाचन्द्र भण्डारी