• ट्रेण्डिङ :

नेपाली बालक अक्षतराज पौडेलको नाममा सबैभन्दा कम उमेरमा मादल बजाउने किर्तिमान

नेपाली बालक अक्षतराज पौडेलको नाममा सबैभन्दा कम उमेरमा मादल बजाउने किर्तिमान

cnewsnepal

आइतबार, बैशाख २८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


नेपालका अक्षतराज पौडेलले सबैभन्दा कम उमेरमा मादल बजाउने किर्तिमान कायम गरेका छन् ।

एशिया बुक अफ रेकर्डसका अनुसार मोरङ स्थायी घर भएका पौडेलले तीन वर्षको उमेरमा तीन मिनेट छ सेकेण्डसम्म मादल बजाई किर्तिमान बनाएका हुन् ।

पौडेलले नेपालको सदावहार ‘लेकाली हो चोया को डोको…..’ बोलको लोकगीतमा हार्मोनियमसँग लय मिलाउँदै मादल बजाएका थिए ।

यसैलाई आधारमा मानी एशिया बुक अफ रेकर्डसले उनको नाममा किर्तिमान कायम भएको प्रमाणित गरेको हो । बालक पौडेलसँग अन्य प्रायस सबै गीतको लयमा समेत मादल बजाउन सक्ने क्षमता रहेको छ । पौडेलको जन्म सन् २०२२ मार्च २५ मा भएको थियो ।

अक्षतका बुबा अनिल तथा आमा इन्दिराले छोराको किर्तिमानबाट आफूहरू मात्र नै मुलुक नै गौरवान्वित भएको महसुस भएको बताएका छन् । पौडेल परिवार हाल राजधानीको कागेश्वरी मनहरामा बस्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार