• ट्रेण्डिङ :

आजदेखि बुटवलमा नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलन हुँदै

आजदेखि बुटवलमा नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलन हुँदै

cnewsnepal

शनिबार, मंसिर १६ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


file photo

बुटवल । नेपाली कांग्रेसको आजदेखि बुटवलमा प्रथम प्रदेश सम्मेलन हुने भएको छ । आज  र भोलि  बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने जनाइएको छ ।

प्रदेश सम्मेलनमा  पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार