युुवालाई स्वदेशमा रोजगारीको वातावरण निर्माण गर्नुपर्छ : अध्यक्ष कटुवाल

कठमाडौँ, ३१ जेठ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले युवाहरुलाई स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
गृहजिल्ला खोटाङको भ्रमणका क्रममा अध्यक्ष कटुवालले सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकको कृषि क्षेत्रको विकासका लागि राज्यले युवाहरुलाई विदेश जानबाट रोक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका  हुन ।

विभिन्न ग्रामीण क्षेत्रको भ्रमणसमेत गर्नुभएका अध्यक्ष कटुवालले गाउँमा युवाहरु नभएको भन्दै युवालाई स्वदेशमा नै बस्ने वातावरण निर्माणका लागि सरकार लाग्नुपर्ने जाेड दिए । “सरकार समृद्ध नेपाल, सुखी नेपालीको नारा दिइरहेको छ, समृद्ध नेपाल निर्माण गर्ने युवाहरु दिनानुदिन विदेशीरहेका छन्, कसरी मुलुक समृद्ध बन्न सक्छ,”–उनले भने ।
अध्यक्ष कटुवालले स्वदेशमा भएका प्राकृतिक सम्पदाको संरक्षण गर्दै नेपालमा विदेशी पर्यटक भित्र्याउन सकेमात्र पनि धेरै युवाहरुले स्वदेशमानै रोजगारी पाउने उल्लेख गरे । नेपालमा प्रशस्त सम्भावना छन्, यसलाई सहि सदुपयोग गर्न राज्यले विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।
उनले महासंघअन्तर्गत रहेका संघहरुले धेरै युवाहरुलाई स्वदेशमा रोजगारी प्रदान गरेको बताउँदै यत्तिले मात्र युवाहरु स्वदेशमा बस्ने वातावरण निर्माण नभएको  बताए ।