• ट्रेण्डिङ :

ब्याडमिन्टन भेट्रान्स डबल्सको उपाधि चन्द्रागिरिका पोखरेल र खत्रीलाई

ब्याडमिन्टन भेट्रान्स डबल्सको उपाधि चन्द्रागिरिका पोखरेल र खत्रीलाई

cnewsnepal

आइतबार, पौस २२ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२२ पुस, काठमाडौं । खुल्ला ब्याडमिन्टन प्रतियोगितामा चन्द्रागिरि नगरका खेलाडीहरूले जित हात पारेका छन् ।

दोलखा उद्योग वाणिज्य संघको आयोजना एवं दोलखा जिल्ला ब्याडमिन्टन संघको सह(आयोजनामा पौष १८ देखी २० गतेसम्म जारी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा चन्द्रागिरि नगरका खेलाडीहरूले शानदार जित हात पारेका हुन् ।

बृहत दोलखा महोत्सव(२०८० का अवसरमा आयोजित खुल्ला व्याडमिन्टन प्रतियोगितामा चन्द्रागिरि ब्याडमिन्टन क्लबका खेलाडी राज कुमार पोखरेल र हरि खत्रीको जोडी भेट्रान्स डबल्समा पहिलो स्थान लिन सफल भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको सो स्पर्धामा पेप्सिकोलाका पुर्णहरि होना र राकेश थापाको जोडी दोश्रो भए। पोखरेल र खत्रीको जोडीसँग होना र थापाको जोडी २१–१८ र २१–१९ को सोझो सेटमा पराजित भए ।

सो जोडीले गत साता सम्पन्न ललितपुर मेयर कप प्रतियोगिताको पुरुष ४५ बर्ष माथिको युगल तर्फको स्पर्धामा तेस्रो स्थान हात पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार