काठमाडौ । टेबुल टेनिस खेलका अन्तराष्ट्रिय निर्णायक तथा कम्पीटिसन मेनेजर तेजेन्द्र सिह महरा सम्मानित भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने “राष्ट्रिय खेलकुद सम्मान” बाट युवा तथा खेलकुद मन्त्री श्री डिग बहादुर लिम्बुले नगद रु १ एक लाख सहित सम्मानित गरेका हुन् ।
महराले २००६ मा अन्तराष्ट्रिय निर्णायक को परिक्षा उतिर्ण गरि बिभिन्न बिश्व एसियाली , दक्षिण एसियाली टेबुल टेनिस प्रतियोगितामा अन्तराष्ट्रिय निर्णायक तथा कम्पिटिसन मेनेजरको रुपमा काम गरि रहनु भएको छ ।
एसियन टेबुल टेनिस युनियनमा कम्पिटिसन मेनेजरको रुपमा कार्यरत महराले १९औ एसियाली गेम्स हांगजाउमा समेत कुशलता पुर्वक भुमिका निभाउनु भै सकेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार