• ट्रेण्डिङ :

नेपाल जेसिजद्वारा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १० लाख रुपैयाँ सहयोग

नेपाल जेसिजद्वारा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १० लाख रुपैयाँ सहयोग

cnewsnepal

बुधबार, भाद्र १७ २०८३
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं। मुलुकमा परेको प्राकृतिक विपद् र बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि नेपाल जेसिजले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

​नेपाल जेसिजका तर्फबाट राष्ट्रिय वाणिज्य बैंक थापाथली शाखामार्फत कोषको खाता नम्बर १९३०९००००३७६२००९ मा १० लाख रुपैयाँ (रु. १०,०००,०००/-) को चेक जम्मा गरिएको हो।

​सहयोग हस्तान्तरणबारे जानकारी दिँदै नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले भने: ​“मुलुक कठिन प्राकृतिक विपद्‌को घडीबाट गुजरिरहेको समयमा पीडित नागरिकलाई राहत र पुनरस्थापना पुर्‍याउनु हामी सबैको दायित्व हो। सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल जेसिजले प्रकोप कोषमा यो सानो सहयोग रकम हस्तान्तरण गरेको छ। विपद्‌मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई थप राहत पुगोस् भन्ने उद्देश्यका साथ हामीले यो कदम चालेका हौँ।”

राष्ट्रिय अध्यक्ष कार्कीले संकटको यस घडीमा सबै युवा, व्यवसायी तथा सामाजिक संघ-संस्थाहरूलाई एकजुट भई राहत तथा उद्धार कार्यमा आ-आफ्नो ठाउँबाट योगदान पुर्‍याउन समेत अपिल गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार