काठमाडौं, १८ फागुन ।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिकाका नगर प्रहरीेले फुटपाथ व्यवसायीमाथि गरेको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय युवा संघले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको भन्दै गरिव र उत्पीडित बर्ग समुदायमाथीकाे दमन गर्न ध्यानाकर्षण गराएकाे हाे ।
युवा संघकाे विज्ञप्तिमा भनिएकाे छ , संविधानले दिएको स्वतन्त्र रुपमा बाँच्न पाउने हक र श्रमिकको हक अधिकारको उल्लङ्घन गर्दै महानगरपालिकाबाट खटिएका नगर प्रहरीले आफ्नो जिविकोपार्जनका लागि सडकमा व्यापार गरिरहेका व्यापारीहरुमाथि बुट र लाठी बजार्ने काम अमानवीय र गैरन्यायिक भएको युवा संघले उल्लेख गरेको छ ।
श्रमिकहरु मजदुर र अन्यायकाे पक्षमा निरन्तर आवाज उठाउँदै आएको युवासंघले उनीहरुको हकहितका लागि लड्ने पनि प्रतिवद्धता व्यक्त गरेको छ ।
‘सहर धनीको मात्रै होइन, यहाँ श्रमजिवी वर्ग पनि रहनेछन् भन्ने सामान्य विषय समेत नबुझ्ने महानगरपालिकाको नेतृत्व तानाशाही किसिमले अघि बढिरहेको अनुभूति हामीलाई भएको छ,’ महानगर कमिटीका अध्यक्ष दिपेश सुधाकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
,‘हामी यस्ता कुरालाई सच्याउँदै गरीब , किशान, मजदुर सबैलाई सम्मानजनक रुपले बाँच्ने अधिकारको सम्मान गर्न महानगर नेतृत्वलाई आग्रह गर्छौ ।’
काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको थियो । नगर प्रहरी केहीलाई पक्राउ गर्नुका साथै लाठी प्रहार गरेपछि व्यवसायीहरुले प्रतिकार गरेका थिए । प्रतिकार गर्दा केही नगर प्रहरी समेत घाइते भएका थिए । साेही क्रममा सञ्चारकर्मीहरूलाई समेत सञ्चार उपकरण खाेस्ने लगायत दुर्ववहार गरिएकाे थियाे साे विषयमा पत्रकार महासंघले ध्यानाकर्षण समेत जनाई विज्ञप्ति जारि गरिसकेकाे छ ।
विज्ञप्ति हेर्नुस् ।
