• ट्रेण्डिङ :

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला

cnewsnepal

शनिबार, फाल्गुन २६ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले आज राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरेका हुन् ।

सभापति देउवाले उनलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गरेका कांग्रेसको संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार