काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिले बोलाएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बैठकमा बोलाएको हो ।
बुधबार बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री लामिछानेलाई बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।
समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई समेत बोलाएको खतिवडाले बताए ।
भोलिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ।
समितिको बैठकमा गृहमन्त्री लामिछानेसहितको उपस्थितिमा छलफल गर्न लागिएको हो।
प्रतिक्रिया
सम्बन्धित समाचार