काठमाडौं । भ्रष्टाचार आरोपमा निलम्बनमा परेका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार सर्वोच्च अदालतले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनी विरुद्धको मुद्दा बाँकी रहेकोले सांसद पदबाट निलम्बित गरिएको थियो ।
नेपाली कांग्रेसको तर्फबाट मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङलाई गत पुस १२ गते संसद सचिवालयले निलम्बन गरेको थियो ।
उनी विरुद्ध अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उनी विरुद्धको मुद्दा विचाराधीन भएकोले उक्त मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि अख्तियारले २०७९ पुस ८ गते पत्राचार गरेको संघीय संसद सचिवालयले जनाएको छ।