• ट्रेण्डिङ :

धनुषाको औरही गाउँपालिकामा झडप, ७ राउन्ड अश्रुग्यास प्रहार

धनुषाको औरही गाउँपालिकामा झडप, ७ राउन्ड अश्रुग्यास प्रहार

cnewsnepal

बिहिबार, बैशाख १३ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाण्डौं १३ वैशाख ।  धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन ७ राउन्ड अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार