• ट्रेण्डिङ :

राष्ट्रिय महिला भलिबल : आर्मीमाथि एपीएफको जित

राष्ट्रिय महिला भलिबल : आर्मीमाथि एपीएफको जित

cnewsnepal

बिहिबार, बैशाख १३ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । सातौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको राउण्ड रोविनको दोस्रो खेलमा आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो र दोस्रो सेट समान २५–२३ ले आफ्नो पक्षमा पारेको एपीएफले त्यसपछिका दुई सेट लगातार गुमायो।

तेस्रो सेट १३–२५ ले गुमाएको एपीएफले चौथो सेट १४–२५ ले गुमाउन पुग्यो। पाचौँ तथा अन्तिम सेट भने एपीएफले एपीएफले १५–९ ले जित्दै फाइनलमा पुगेको हो।

२ खेलमा जित निकालेको एपीएफले ५ अंक जोडेको छ। पराजित भएको आर्मीले भने अंक तालिकामा १ अंक जोडेको छ।

आजै हुने दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टोली र नेपाल पुलिस क्लब भिड्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार