• ट्रेण्डिङ :

सन्दीपलाई भिसा दिन अमेरिकी दूतावासद्वार अस्वीकार, भन्यो– कुनै टिप्पणी छैन

सन्दीपलाई भिसा दिन अमेरिकी दूतावासद्वार अस्वीकार, भन्यो– कुनै टिप्पणी छैन

cnewsnepal

बुधबार, जेष्ठ ९ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका जाने भिसा दिन नेपालस्थित अमेरिकी दूतावासले अस्वीकार गरेको छ ।

टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका उनलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो।

दूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गरेकोबारे कुनै टिप्पणी नगर्ने बताएको छ ।

‘अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ’ दूतावासले भनेको छ।

आफूलाई दूतावासले भिसा नदिएको कुरा सन्दीपले बुधबार फेसबुकमा उल्लेख गरेका थिए ।

‘नेपालस्थित अमेरिकी राजदूतावासले फेरि त्यही गर्‍यो, सन् २०१९ मा जे मलाई गरेको थियो’, सन्दीपले लेखेका छन्, ‘अमेरिका र वेस्ट इन्डिजमा हुने टी२० विश्वकपको लागि मेरो भिसा अस्वीकार गरेको छ।’

उनले भिसा नपाएकोमा दुःख व्यक्त गर्दै नेपाली क्रिकेटप्रेमीसँग माफीसमेत मागेका छन्।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि सन्दीप विश्वकपको तयारीमा जुटेका थिए।

गत जेठ २ मा सन्दीपलाई अदालतले सफाइ दिएको थियो। लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले पनि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट उनको निलम्बन फुकुवा गरेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन्दीपलाई टिममा राख्न स्वीकृति दिए पनि अमेरिकाले भिसा नदिएकै कारण उनी टी(२० विश्वकप खेल्न वञ्चित हुने भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार