• ट्रेण्डिङ :

मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी

मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी

cnewsnepal

मंगलबार, जेष्ठ २२ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

मंगलबार दुई मन्त्रीहरु भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात व्यवस्थामन्त्री बेची लुंगेलीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका छन्।

मधेस प्रदेशमा एकीकृत समाजवादीका सात सा‌ंसद छन्।

यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए।

तर, एकीकृत समाजवादीले एक दिनअघि नै राजीनामा दिएपछि यादवको विश्वासको मत पाउने सम्भावना लगभग सकिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार